हरिप्रसाद नेपाली भदौ / २७, अर्घाखाँची

रुपन्देहीको डण्डापुलमा भारतीय नम्वर प्लेटको ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना अर्घाखाँचीका र एकजना पाल्पाका रहेको बुझिएको छ ।

गएराति पौने आठ बजे भैरवाबाट बेलहियातर्फ जादै गरेको भारतीय ट्रकले विपरीत दिशाबाट आउदै गरेको लु१०प २५२३ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा अर्घाखाँची जिल्लाको किमडाँडा निवासी ३५ वर्षिय मधु राना, उनीकी तीन वर्षकी छोरी सिमरन राना र पाल्पाका ३० वर्षिय बिर बहादुर गरम्जा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेकाले खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीले जनाएको छ ।

Post a Comment

 
Top