काठमाडौं, भदौ २६ – राप्रपा नेपाल संविधान
निर्माणमा सहभागी हुने भएको छ । सरकारले पत्र पठाएरै आग्रह गरेपछि शनिबार
बसेको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले संविधान निर्माणमा सहभागी
हुने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष कमल थापाले संविधान
निर्माणममा सहभागी हुन गरेको प्रस्वात पारित गरेको सहप्रवक्ता मोहन
श्रेष्ठले जानकारी दिनुभयो । यस्तै बैठकले आफ्नो एजेण्डा संविधानसभाबाटै
कार्यान्वयन गर्न अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको उहाँले जानकारी
दिनुभयो ।
राप्रपा नेपालले यसअघि बिहीबार
संविधानसभाको बाँकी प्रक्रियामा सहभागी नहुने निर्णय गरेपछि तीन दलले
संविधान निर्माणको प्रक्रियामा फर्किन आग्रह गर्दै पत्राचार गरेका थिए ।
Post a Comment