असोज २ - स्पेनिस फुटबल क्लव रियल म्याड्रिडका प्रशिक्षक राफा बेन्टिजले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूसँग भएको क्षमता टिमका लागि देखाउनु पर्ने बताएका छन् । रोनाल्डो क्लवका लागि सबैभन्दा महत्वपूर्ण खेलाडी भएको 

दावी गर्दै बेन्टिजले भने​‘रोनाल्डोले व्यक्तिगत उपलब्धि भन्दापनि उनले टिमका लागि आफ्नो क्षमता देखाउनु पर्छ ।’ रोनाल्डोले रियल म्याड्रिडका लागि खेलेका पछिल्ला २ खेलमा ८ गोल ठोकेका छन् ।रियल म्याड्रिडका लागि ३ सय १० गोल गरेका उनी छिट्टै नै क्लवको सर्वाधिक गोलकर्ता हुने बेन्टिजले बताए । रियल म्याड्रिडका लागि राहुलले सबैभन्दा धेरै ३ सय २३ गोल गरेका छन् । सन् २००४ देखि ६ वर्षसम्म इंग्लिस क्लव लिभरपुलको प्रशिक्षक भएका ५५ वर्षे बेन्टिजले आफूले प्रशिक्षण दिएका खेलाडी मध्ये रोनाल्डो सबैभन्दा उत्कृष्ट भएको बताउँदै आएका छन् । 

Post a Comment

 
Top