काठमाडौं, भदौ २४ । सरकारले दुईपल्ट पेट्रोलियम पदार्थको भाउ घटाउँदा पनि सार्वजनिक सवारीको भाडा नघटेको भन्दै विरोध भईरहेका बेला सार्वजनिक यातायातको भाडादर घटाएको छ । सरकार र यातायात ब्यवसायीहरुबीच भाडा दर घटाउने बिषयमा सहमति भए पछि बुधवार बस, ट्याक्सी, मालबाहक गाडी लगायत भाडामा चल्ने सबै खाले सवारीको भाडादर घटाइएको हो । यसअघि १५ रुपैयाँ तिर्दै आएका यात्रुले अब काठमाडौं उपत्यकाभित्र १३ रुपैयाँ तिर्दा हुने भएको छ । सार्वजनिक सवारी साधनमा तोकिएको न्यूननम भाडादर १३ रुपैयाँ कायम गरिएको छ ।
 - See more at: http://zestkhabar.com

Post a Comment

 
Top