सिरहा, भदौ २४ - सिरहाको लहानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिने प्रयास भैरहेको प्रहरीले जनाएको छ । झडप भएपछि त्यहाँ दिउँसो १२ बजेदेखि निषेधाज्ञा लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
सिरहाको पूर्वी सिमाना बलानदेखि पश्चिमको कमला नदीसम्म निषेधाज्ञा जारी गरिएको हो । प्रहरीले स्कर्टिङ गरेर गाडी गन्तव्यमा लैजान लाग्दा प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको हो ।

Post a Comment

 
Top