कैलाली, भदौ २४ -कैलालीको टिकापुर नगरपालिका बाहेक अरु ठाउँमा आज दिनभरी कर्फ्यु हटाइएको छ । टिकापुरमा बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म र आसपासका अरु ठाउँमा बेलुकी ५ बजेसम्मै कफ्र्यु हटाइएको स्थानिय प्रशासनले जनाएको छ ।
धनगढीमा पनि कर्फ्यु खुकुलो पारिएको छ । त्यहाँ दिउँसो १२ देखि २ सम्म मात्र कर्फ्यु लगाउने तयारी छ । लगातारको कर्फ्युले जनजीवन कष्टकर बन्दै गएपछि स्थानीयबासिन्दाको माग अनुसार विस्तारै कर्फ्यु कम गर्दै लगिएको स्थानिय प्रशासनले जनाएको छ ।
विरगंजमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कर्फ्यु हटाइएको छ । सप्तरीको भारदह वडा नम्बर १ कोशी व्यारेजदेखि बहाङ खोलासम्म झण्डै ८० किलोमिटर क्षेत्रमा हिजोदेखि अनिश्चितकालिन कर्फ्यु लागेको छ । प्रदर्शनकारीले राती राजविराजमा तीन वटा सरकारी कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले जिल्ला वन कार्यालय, शिक्षा कार्यालय र पशु कार्यालयमा आगो लगाएका प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top