चन्द्रपुर (रौतहट), असार २१– रौतहटमा एक श्रीमान्ले श्रीमतीको हत्या गरी राति नै सम्पूर्ण परिवार समेत फरार भएका छन् । पचरुखी गाविस–२ छतौना टोलका वली ठाकुरले २५ वर्षीया श्रीमतीको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ । सर्लाही जिल्लाको बहादुरपुर गाविस माइती भएकी ठाकुरको हत्याको कारण खुल्न सकेको छैन । घटनाका विषयमा कोही कसैले बताउन नचाहेको र घरका सबै सदस्य फरार रहेकाले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले बताए ।

Post a Comment

 
Top