२१ असार, काठमाडौं । टी-२० विश्वकप छनोटको तयारीका क्रममा सोमबार भएको नेपाल र ओमानबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको छ ।
Nepal-Vs-oman
बेलफास्टमा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो । ओमानले १६.३ ओभरमा ११६ रन बनाउँदा पानी परेपछि खेल रोकियो । ओमानका जिशान मकसुदले ३१ बलमा चार चौका र ३ छक्काको मदतमा ४४ रन बनाए । भैरव वाटेगावश्करले २३ र खवर अलीले २२ रन बनाए । नेपालका शक्ति गौचन, जितेन्द्र मुखिया, सागर पुन र ज्ञानेन्द्र मल्लले समान १-१ विकेट लिए ।
वर्षाका कारण प्रभावित खेललाई १६ ओभरमा छोट्याएर डीएल मेथडका आधारमा नेपालले १२६ रनको लक्ष्य पायो । तर, जवाफमा नेपालले मात्र ३ बल खेल्दा फेरि पानी पर्‍यो, जतिबेला नेपालले मात्र ६ रन बनाएको थियो । पानी नरोकिएपछि नेपाल र ओमानबीचको खेल रद्द गरिएको छ । नेपालले मंगलबार यूएईसँग खेल्नेछ ।

Post a Comment

 
Top