विराटनगर, असार २७ – मोरङको कोशीहरैचामा श्रीमानको कुटाइबाट एक महिलाको ज्यान गएको छ । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी कोशी–हरैचा नगरपालिका–३ की ३० वर्षिया सुस्मिता परियारको उपचारको क्रममा ज्यान गएको हो ।
परियारलाई असार २३ गते श्रीमान पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत यामबहादुर परियारले कोशी–हरैचा–१२ सलकपुर स्थित डेरामा घरायसी बादविवाद हुँदा कुटपिट गरेका थिए । गम्भीर घाइते उहाँलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा ज्यान गएको हो ।
कुटपिटमा संलग्न यामबहादुरलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको  क्षेत्रीय प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top