असार २७ – स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर इकर कासियास पार्टो जाने भएका छन् । ३४ वर्षका कासियासलाई अनुबन्धन गर्न पोर्टो तयार भएको हो । रियलसँग एक वर्षको अनुबन्धन बाँकी हुँदै कासियास पोर्चुगिज क्लब पोर्टो जाने भएका हुन् । स्पेनका कासियासले रियलमा २५ वर्ष बिताएका छन् । रियलमा रहँदा कासियासले तीन पटक च्याम्पियन्स लिग तथा पाँच पटक ला लिगाको उपाधि उचाले । उनले स्पेनको राष्ट्रिय टिमको तर्फबाट १ सय ६२ क्यापको कीर्तिमान बनाएका छन् भने उनले दुई पटक युरोपियन च्याम्पियनसिप र एक पटक विश्वकपको उपाधि पनि जितेका छन् । रियलले कासियासको बिदाइमा भावनात्मक सन्देश जारी गरेको छ ।
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top