सल्यान, असार २२ – नावालक छोराको हत्या गरेको आरोपमा सल्यान कालागाउँ २ का दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालागाउँ –२ का ३० वर्षका जीतबहादुर वस्नेत र उनकी कान्छी श्रीमती ३० वर्षकी सिता वस्नेत रहेको प्रहरीले जनाएको छ ।
वस्नेत दम्पतीले जेठी श्रीमती चन्द्रकलाको १ महिनाको छोरालाई पानीमा डुबाएर हत्या गरेका प्रहरीले आरोप लगाएको छ । उनीहरुले गत शनिबार घरमै पानीमा डुबाएर छोराको हत्या गरेको प्रहरीको दावी छ । जेठी श्रीमती चन्द्रकलाबाट ५ जना छोरी मात्रै जन्मेको भन्दै जितबहादुरले दुई वर्षअघि दोश्रो विवाह गरेका थिए ।
गत मंसिरमा कान्छीबाट छोरो जन्मिएको र गएको महिना जेठीबाट पनि छोरा जन्मिएपछि कान्छी पत्नी सिताले पटक पटक धम्की दिने गरेको स्थानीयवासिन्दाले बताएका छन् ।

Post a Comment

 
Top