तेश्रो टेष्टमा ३ सय ७७ रनको लक्ष्य
पछ्याएको पाकिस्तानले ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । पाकिस्तानको
जितमा युनिस खान र सान मसुदले तेश्रो विकेटका लागि गरेको २ सय ४२ रनको
साझेदारी पर्याप्त बन्यो ।
पाकिस्तानको
जितमा युनिस खानले अविजित १ सय ७१, मसुदले १ सय २५ र कप्तान मिस बा उल
हकले अविजित ५९ रन बनाए । चौथो पालीमा श्रीलंकाका थारिन्दु कौशल, सुरङ्गा
लकमल र दाम्विका प्रसादले १–१ विकेट लिएपनि हार टार्न सकेनन् ।
यसअघि
टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले दिमुत करुणरत्नेको १
सय २९ रनको मदतमा पहिलो इनिङमा २ सय ७८ रन बनाएको थियो । जवाफमा
पाकिस्तानले पहिलो इनिङमा २ सय १५ रन मात्र बनाएको थियो ।
पहिलो
इनिङमा ६३ रनको अग्रता लिएको श्रीलंका दोश्रो इनिङमा ३ सय १३ रनमा अल आउट
भयो । श्रीलंकाका लागि कप्तान एन्जोलो म्याथुजले १ सय २२ रनको पारी खेलेका
थिए । पहिलो टेष्ट पाकिस्तानले १० विकेट जितेको थियो भने दोश्रो टेष्टमा
श्रीलंका ७ विकेटले विजयी भएको थियो ।
साभार : उज्यालो अनलाईन
Subscribe to:
Post Comments (Atom)

Post a Comment