komal_jitu_badri

वासिंगटन डीसी । अमेरिकाको बिभिन्न शहरहरुमा रहेका नेपालीभाषी भुटानी समुदायलाई समेत लक्षित गर्दै नेपाली कलाकारले अमेरिका घन्काउने भएका छन् ।
‘२०७२ तिज, दशैं तथा तिहार धमाका’ नाम राखिएको सांगीतिक कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल, नीरु खड्का गायिका कोमल ओली र बद्री पंगेनीको प्रस्तुति रहने भएको छ । कार्यक्रममा गायकद्वय कृष्ण र मनोज ढकालको पनि प्रस्तुति रहने भएको छ ।
नेपाली र भुटानी समुदायबीच सांस्कृतिक साईनो गाँस्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजक संस्थाको भनाई छ । वल्र्ड बिजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिका तथा वल्र्ड बिजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट नेपाल प्रालिको संयुक्त आयोजनामा कार्यक्रम गरिने भएको छ ।
साभार : अनलाईन खबर 

Post a Comment

 
Top