काठमाडौं, असार २० - सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानको अन्तिम मस्यौदामासमेत मधेसको माग नसमेटिए काठमाडौंलाई नाकाबन्दी गर्ने चेतावनी दिएका छन् ।
‘अन्तिम मस्यौदासम्म कुर्छौ,’ काठमाडौंमा आइतबार भएको साक्षात्कारमा महतोले भने, ‘त्यसमा पनि हाम्रो भावना सम्बोधन भएन भने संविधानसभा त्यागेर काठमाडौंको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी काठमाडौंको दानापानी बन्द हुने गरी नाकाबन्दी गर्छौँ ।’ 
महतोले संविधानसभा त्याग्ने विषयमा अन्य मधेसवादी दलहरु पनि सकारात्मक भएको जानकारी दिए । उनले आफूहरुको आन्दोलनमा भारतलगायत विश्वभरका शक्तिराष्ट्रको समर्थन हुने दाबी गरे ।
मधेसवादी दलका नेताहरु भारतीय दूतावास गएकोमा नकारात्मक टिप्पणी भएको बताउँदै उनले भने, ‘सुशील कोइराला, केपी ओली र प्रचण्ड भारतीय दूतावास र दिल्ली जान हुने हामी भारतीय दूतावास जान नहुने ?’
साभार : इकान्तिपुर डटकम

Post a Comment

 
Top