Ishwori-Dhakal-and-Yogendra

२० असार, नवलपरासी । नवलपरासीको सेमरीस्थित पश्चिमाञ्चल सिंचाइ विकास डिभिजन नम्बर ७ कार्यालयका दुईजना इन्जिनियर घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल सम्पर्क कार्यालय बुटवलको टोलीले कार्यालयका सिंचाइ कार्यालयका इन्जिनियर ईश्वरीप्रसाद ढकाल र योगन्द्र मिश्रलाई ५६ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको अख्तियारले जनाएको छ ।
सेमरहवा तिलकपुर गाविसमा सिंचाइको निर्माण कार्यको जाँचपासका गर्ने क्रममा उनीहरुलाई सेमरहवा तिलकपुर सिंचाइ उपभोक्ता समितिका अध्यक्ष मार्फत कार्य सम्पन्न मूल्याङन प्रतिवदेन तयार गरी योजना फछ्र्यौट गर्ने क्रममा घुससहित रंगेहात पक्राउ गरिएको अख्तियार  बुटवल सम्पर्क कार्यालयले जनाएकाे छ । पक्राउ परेका ५६ वर्षीय ढकाल गोर्खा बोर्लाङ-८ निवासी हुन् भने ५१ वर्षीय मिश्र सप्तरी मयनाकडरी-१ का वासिन्दा हुन् ।
साभार : अनलाईन खबर

Post a Comment

 
Top