२७ असार, गुल्मी । गुल्मीलाई खुल्ला दिसामुक्त तथा पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । उपराष्ट्रपति परमानन्द झाले शनिबार आयोजित कार्यक्रममा गुल्मीलाई पूर्ण साक्षर तथा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरे ।
पूर्ण साक्षर हुनेमा गुल्मी १२ औँ जिल्ला हो भने खुल्ला दिसामुक्तमा २७ औँ जिल्ला हो । २०६९ साल वैशाख २७ गते अर्जै गाविसलाई पहिलो खुल्ला दिसामुक्त गाविस घोषणा गर्दै खुल्ला दिसामुक्तको अभियान सुरू भएको थियो । २०७२ असार १६ गते हुँगा गाविसलाई अन्तिम खुल्ला दिसामुक्त गाविस घोषणा गरेर जिल्लालाई खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको हो । जिल्लामा रहेका ४६ हजार ८ सय ८७ घरधुरी मध्ये शौचालय बन्न बाँकी रहेका २४ हजार ७ सय ३९ घरमा खुल्ला दिसामुक्तको अभियानसँगै शौचालय निर्माण भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख बालमुकुन्द श्रेष्ठले घोषणा सभामा पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लाभर सत प्रशितशत शौचालय निर्माण भइसकेको सरकारी दाबी छ । खुल्ला दिसामुक्तको अभियानमा जिल्ला खानेपानी तथा सरसफाई कार्यालय र जिल्ला विकास समिति गुल्मीले कूल दुई करोड २८ लाख ७८ हजार ६ सय खर्च गरेका छन् ।

Post a Comment

 
Top