२५ असार, काठमाडाैं । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितको राहतका लागि आएको रकम सदुपयोग हुने बताएका छन् । प्रजातान्त्रिक वन प्राविधिक संघ (डिफान)ले प्रदान गरेको राहत रकम बुझ्दै कोइरालाले आफ्नो पेट काटेर दिइएको रकमको सदुपयोग होस् भन्नेमा सरकार दृढ रहेको र संकलित राहत पीडितसमक्ष पुग्ने बताए । भूकम्प पीडितहरुको राहत र पुनस्थापना कार्यमा सघाउन डिफानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय ११ रुपैया सहयोग गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संघका अध्यक्ष दामोदर शर्माले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे । संघले गोरखा,धादिङ्ग, काभ्रे, सिन्धुपाल्चोक,नुवाकोट र भक्तपुरमा टेण्ट त्रिपाल र खाद्यान्न लगायतका राहत सामग्री पनि वितरण गरेको जनाएको छ ।
साभार : अनलाईनखबर

Post a Comment

 
Top