२५ असार, काठमाडौं । १६ बुँदे सहमति लगायतका विषयमा भित्रीरुपमा असहमत हुँदै आएका राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार बिहानै शीतलनिवासमा प्रधानमन्त्रीसहित चार दलका शीर्ष नेतालाई बोलाएका छन् ।
बिहान साढे ८ बजेदेखि करिब दुईघण्टासम्म चारदलका नेता र राष्ट्रपतिवीच छलफल भएको छ । देशको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी लिन भन्दै राष्ट्रपति डा. यादवले बोलाएपछि प्रमुख दलका शीर्षनेता शीतलनिवास पुगेका हुन् । शीतल निवासमा राष्ट्रपतिको निम्तो मान्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेस जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सहभागी भएका छन् ।
साभार : अनलाईनखबर

Post a Comment

 
Top