काठमाडौं, असार २५ -  ट्वेन्टी–ट्वेन्टी विश्वकपको छनोट प्रतियोगिताकाे अाफ्नाे पहिलाे खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ । नेपालले जितका लागि २० ओभरमा १ सय २२ रनकाे लक्ष्य पाएकाे थियो । नेपालले १९ ओभर ४ बल खेल्दै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । नेपालका जितमा  ज्ञानेन्द्र मल्लले ५२ रन र अनिल मण्डलले २९ रनको याेगदान गरे ।  टस जितेर पहिले ब्याटिङ्ग गरेकाे अमेरिकाले निर्धारीत २० अाेभरमा अल अाउट हुँदै १ सय २१ रन बनायाे ।

अमेरिकालाई कम याेगफलमा समेट्नका लागि शक्ति गाैचन र बसन्त रेग्मिले समान ३-३ विकेट लिए । साेमपाल कामीले २ र सागर पुनले १ विकेट लिदाँ एक जना ब्याट्सम्यान रन अाउट भए ।
अमेरिकालाई झिनाे याेगफलमा समेट्नका लागि शक्ति गाैचन र बसन्त रेग्मिले समान ३३ विकेट लिए । साेमपाल कामीले २ र सागर पुनले १ विकेट लिदाँ एक जना ब्याट्सम्यान रन अाउट भए । 
नेपाल र अमेरिकाबीचको खेलका बारेमा गरिएका ट्वीट
अर्कातिर धेरै खेलाडी पनि नयाँ भएकाले नेपालका लागि अमेरिका नयाँ टीम जस्तै पनि हो । अर्कातिर अमेरिकामा अधिकांश खेलाडी भारत र पाकिस्तानी मूलका खेलाडी छन् । १५ जनाको अमेरिकी प्लेइिङ लिष्टमा ११ जना भारत र पाकिस्तानी मुलका खेलाडी छन् । अमेरिका क्रिकेटका लागि उर्वर नभएपनि भारत र पाकिस्तान क्रिकेट राम्रो फष्टाएका देश हुन् । 
नेपाली प्रशिक्षक पुवुदु दासानायकेले सुरु र पुछारको ब्याटिङ लाइनअपमा केही परिवर्तन हुने संकेत गरेपनि त्यसको विकल्प अप्ठ्यारो देखिन्छ । ओपनिङले पुग्दो आलोचना खेपिरहेपनि सुवास खकुरेल र सागर पुनको विकल्पका रुपमा ज्ञानेन्द्र मल्ललाई खेलाउने प्रयोग पनि प्रभावकारी हुन सकेन । विनोद भण्डारीलाई विकेट किपरको भूमिका दिएर सुवासलाई ड्रप गरेको खण्डमा पनि उनको ठाउँमा ओपनिङमा ल्याउने भरपर्दा खेलाडी छैनन् । सागरले यसपटक ब्याटिङ्गमा भन्दा पनि बलिङ्गमा राम्रो प्रदर्शन गरिरहेकाले उनलाई पनि ड्रप गर्ने निर्णय महँगो पर्न सक्नेछ । अन्तिमतिरको कुरा गर्दा विनोद भण्डारीलाई ड्रप गराएर राजेश पुलामीले खेलाउने सम्भावना हुनसक्छ । भलै राजेशले पनि अभ्यास चरणमा राम्रो भने खेल्न सकेका छैनन् ।  प्रदीप ऐरीको प्रदर्शन पनि अहिलेसम्म औषतमात्र छ । 
अभ्यास र स्कटल्याण्डसँगका ४ खेलमा नेपालका १४ जना नै खेलाडीले खेलेका छन् । सिद्धार्थ लोहनीमात्र अहिलेसम्म अभागी रहेका छन् । यस्तो अवस्थामा कोचले उनलाई आज डेब्यु सायदै गराउलान् ।  
आज पनि नेपाली टीम बलिङ्ग आक्रमणकै भरमा मैदानमा हुने कुरा कोच पुबुदुले पनि स्वीकारिसकेका छन् । तर ट्वेन्टी–ट्वेन्टी क्रिकेट ब्याट्स्म्यानका लागि चिनिएको फरम्र्याट हो । त्यसैले धारिलो बलिङ्ग र कसिलो फिल्डिङ्गका साथमा नेपाली ब्याट्स्म्यानसँगको भरोसा पनि कम हुने छैन । भर्खरै ट्वेन्टी–ट्वेन्टी क्रिकेटको विश्ववरियतामा छिरेको टीम र टप १०० खेलाडीमा अटाएका कप्तान पारस खड्का ज्ञानेन्द्र मल्ल र शरद भेषावकरका लामा  सटको अपेक्षा नेपाली टीम र समर्थकले गर्ने नै छन् । 
तर ओपनिङ्ग नटिकेको अवस्थामा मध्यक्रम स्वत दबाबमा आउने भएकाले यी ३ ब्याटिङ्ग हिरोहरुको खेलका लागि पनि टीमको ओपनिङ्ग ठोस हुन आवश्यक हुन्छ । साथमा प्रदीप ऐरीका लामा सट र आपतका बेला उद्धार गर्ने सोमपालको सुझबुझपुर्ण ब्याटिङ्गको पनि खाँचो हुनेछ नेपाली टीमलाई ।

Post a Comment

 
Top