बर्दिया, भदौ ३१ - बर्दियाको ठाकुरद्वारा बजारमा एउटा घरमा आगलागी हुँदा झण्डै २४ लाख रुपैंया बराबरको क्षती भएको छ । ठाकुरद्धारा ६ का नारायण प्रसाद जैशीको घरमा आगो लाग्दा काफ्ले फेन्सी पसलमा रहेको झण्डै १७ लाखको कपडा र ७ लाखको कोठा गरी झण्डै २४ लाख रुपैंया बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

राती २ बजेतिर लागेको आगो स्थानीयवासी, प्रहरी र निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले २ घण्टापछि निभाएका थिए । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top