काठमाडौ‌, भदौ ३१ - आज गणेश चतुर्थीको दिन नेवार समुदायले चथा पर्व मनाईंदैछन् । आज बेलुकी चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ । हरेक वर्ष भाद्र शुक्ल चौथीको दिन मनाइने चथालाई गणेश चतुर्थी पनि भन्ने गरिन्छ । आज चन्द्रमालाई चोर देवताको रुपमा पूजा गरिन्छ । चन्द्रमालाई हेर्यो कि चोरदोश लाग्छ भन्ने जनविश्वास छ । कमलको फूल, चथा फूल, समयबजि, फलफूल, अदुवाको बोट लगायत राखेर चन्द्रको पूजा गर्ने गरिन्छ ।
चथालाई नेवार समुदायले सानो दशैंको रुपमा मनाउने गर्दछ । आज पानी पर्यो भने दशैंमा पनि पानी पर्ने जनविश्वास छ ।
आज मंगलचौथीको अवसरमा उपत्यकाका विभिन्न गणेशको मन्दिरमा घुईंचो लागेको छ । उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक , जलविनायक सहित कमलादी गणेशको मन्दिरमा विशेष पूजा सहित भक्तजनको भीड लागेको छ । काम शुरु गर्नु भन्दा अघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । शिवपुराण अनुसार आजको दिनमा गणेशको जन्म भएको हो ।

Post a Comment

 
Top