फाइल तस्वीर
फाइल तस्वीर
३ असोज, काठमाडौं । प्रमखु तीन दलको सम्बोधनपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहमतिमा ल्याउन पहल सुरु भएको छ ।
कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुले शनिबार मधेसी मोर्चाले उठाएका मागहरु सम्बोधनको प्रयास गर्दै प्रदेशहरुको सीमांकन हेरफेर गर्न समेत तयार रहेको बताएका थिए ।
तीन दलको सम्बोधनपछि संविधान घोषणा अघि नै मधेसी मोर्चालाई सहमतिमा ल्याउने पहल सुरु भएको छ । मधेसी मोर्चासँग वार्ताका लागि तीन दलको तर्फबाट एमाले उपमहासचिव विष्णु पौडेल खटिएका छन् ।
उनले अहिले कमलादीस्थित एक होटल तमलोपा महामन्त्री एवं संसदीय दलका नेता शर्वोन्द्रनाथ शुक्लासँग कुराकानी गरिरहेका छन् ।
गुप्ता निकट क्षेत्रका अनुसार स्रोतका अनुसार समय कम भएकाले सहमति गरेर संविधान घोषणामा सहभागी हुन गाह्रो हुने बताएका छन् ।
- See more at: http://www.onlinekhabar.com/

Post a Comment

 
Top