काठमाडौं, असोज २ - उपप्रधान मन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले छिमेकी राष्ट्रले दिएको सल्लाह सबै मान्नुपर्छ भन्ने नभएको बताउनुभएको छ ।

गणेशमान सिंहको १८ औं स्मृति दिवसको अवसरमा राजधानीको शोभाभगवतिमा भएको कार्यक्रममा सिंहले छिमेकी राष्ट्रले दिएको सल्लाह सबै मान्नुपर्छ भन्ने नभएको बताउनुभएको हो । 
आफ्नो अनुकुल ठिक÷बेठिक छुट्याएर के गर्न हुने र के गर्न नहुने भन्ने निर्णय गर्न आफुहरु पनि सक्षम रहेको सिंहले बताउनुभयो । भारतीय विदेश सचिव एस जयशंकरले दिएको अभिव्यक्तिप्रति इंकित गर्दै मन्त्री सिंले भन्नुभयो ‘जसले पनि सल्लाह दिन सक्छन्, तर सबैको सल्लाह मान्नै पर्छ भन्ने छैन ।’

Post a Comment

 
Top