सन्धिखर्क, अर्घाखाँची । गणतन्त्र नेपालको नयाँ संविधानलाई स्वागत गर्न अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा यहि असोज ३ गते साँझ ठिक ७ बजे सबैको घर-घरमा दिपावली गर्ने र ४ गते सदरमुकाम सन्धिखर्कमा बिहान ठिक ११ बजेदेखी अर्घाखाँचीका सँस्कृती झल्काउने झाँकी सहित -याली गरिने भएको छ ।
संविधानसभाबाट संविधान पारित भएसँगै अर्घाखाँचीबासीहरुमा  खुशीयाली छाएको छ । संविधानसभाले संविधानको विधेयक पारित गरेसंगै नयाँ संविधान आउने औपचारिकता मात्र बाँकी छ । संविधानसभाबाटै संविधान जारी हुने दिन गन्ती गरेर बसेका अर्घाखाँचीवासीहरुले संविधानको स्वागत गर्न सामुहिक रुपमा यस्तो कार्यक्रम गरि उत्साह मनाउने भएका हुन् ।
संविधानको स्वागत कार्यक्रममा सम्पूर्ण जिल्लाबासीहरुलाई सहभागी हुन अर्घाखाँची उद्योग वाणिज्य संघले आमन्त्रण गरेको छ । अर्घाखाँची उद्योग वाणिज्य संघको सभाहलमा आज बसेको व्यावसायीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको अर्घाखाँची उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताउनु भयो ।
 
 
संविधान जारी भएपछि देशमा सुशासन तथा शान्ति स्थापना हुने अर्घाखाँचीबासी हरुको  अपेक्षा रहेको छ । आर्थिक विकासले गति लिने र त्यससंगै कोही पनि भोकभोकै बस्नु नपर्ने विश्वास गर्नेहरु  पनि जिल्लामा  धेरै छन् । अर्घाखाँचीका सर्वसाधारणमात्र होइन उद्योगी ब्यवसायी, युवा, महिला, लगायत सवैक्षेत्रका नागरिकले अब  देशको  वातावरण सङ्गलिने आशा गरेका छन् ।
 
 
संविधान आउने निश्चित भएपछि संविधानसभाबाटै संविधान जारी भएको हेर्ने आशा साँचेका अर्घाखाँचीका वासिन्दाको लागि संविधान जारी हुनु खुसीको कुरा हो । नयाँ संविधान जारी भएपछि नागरिकले गरेको अपेक्षा र नेताले गरेको वाचा कतिको पूरा होला ? त्यो भने भविष्यले  बताउनेछ ।

Post a Comment

 
Top