काठमाडौं, साउन ३ – नेपाली खेलाडी निशा रावलले जियोन्जु खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार रजत जितेकी छन् । निशाले महिलाको ७३ केजीमाथि रजत जितेको प्रशिक्षक नोर्बु लामाले जनाएका छन् ।

निशा पहिलो चरणमा वाइ पाउदै सेमिफाइनल प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा निशाले दक्षिण कोरियाको सेन युनिभर्सिटीकी म्युङ सेयोङलाई १७–४ ले पराजित गरिन् र फाइनलमा स्थान बनाइन् । फाइनलमा भने निशा दक्षिण कोरियाकै डेक्युङ युनिभर्सिटीकी सुजिनसँग सडन डेथमा हारिन् । निर्धारित तीन राउन्डको खेल ४–४ को बराबरीमा सकिएको थियो ।
त्यस्तै महिलाको ४९ केजीमुनि सीता तामाङ इन्डोनेसियाकी खेलाडीसँग ४–१३ ले पछि परिन् । महिलाको ५३ केजीमुनि नीमा गुरुङ पनि ताजाकिस्तानकी खेलाडीसंग सडन डेथमा पराजित भइन् । तेश्रो राउन्ड सकिँदासम्म निमा र प्रतिद्वन्द्वी ५–५ को बराबरीमा थिए ।
नेपाली तेक्वान्दो खेलाडी दक्षिण कोरियाको ग्वाङजुमा सम्पन्न २८ औं समर युनिभर्सियाड गेम– २०१५ मा भाग लिएर जियोन्जु खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका लागि कोरियोमै बसेका थिए ।

Post a Comment

 
Top