२४ असार, काठमाडौं । कांग्रेसका युवा नेता गगनकुमार थापा काठमाडौं क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । उनको निर्वाचन क्षेत्रमा चालु आर्थिक वर्षको १ करोड १५ लाख रुपैयाँ कहाँ कहाँ खर्च भयो होला ? संसद सचिवालय स्रोतबाट प्राप्त विवरण अनुसार थापाको निर्वाचन क्षेत्रमा ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ अन्तरगतको एक करोड रुपैयाँ विभिन्न १० वटा आयोजनामा खर्च गरिएको छ । बाटो, पुल, पोखरी मर्मत, पार्क निर्माण र क्रिकेट मैदान सम्याउने कार्यमा १ करोड रुपैयाँ विनियोजन भएको देखिन्छ । काठमाडौंका अन्य सभासदले जस्तै थापाले मन्दिर निर्माणका लागि पनि मन फुकाएर बजेट दिएका छन् । थापाको चुनाव क्षेत्रमा भएको १ करोडको बाँडफाँड यस्तो छ :  जंगलादेवी ढल बाटो निर्माण १० लाख, चुनिखेल सापाटार सडक निर्माण १२ लाख , रुद्रमति चोक नर्सरी खहरे सडक निर्माण १० लाख , पञ्चकन्या वालमैत्री पुल निर्माण १० लाख , बाँकोट कुमारी मन्दिर संरक्षण तथा पार्क निर्माण ७ लाख , नित्यनाथ मन्दिर निर्माण-तिलगंगा) ११ लाख , नारायणमार्ग सडक ग्राभेल तथा कालोपत्रे १० लाख , हिटी पोखरी मर्मत सम्भार १० लाख  वौद्धस्तुपा उत्तर गणेस्थान जाने बाटो ढुंगा छपाइ १० लाख , सूवर्णसमशेर क्रिकेट मैदान सम्याउने कार्य १० लाख त्यसैगरी सभासद थापाले आफ्नो निर्वाचन क्षेत्रमा सांसद विकास कोषअन्तरगतको १५ लाख रुपैयाँ विभिन्न १८ वटा कार्यक्रममा खर्च गरेका छन् । ज्योतिनगर भीमेश्वर पक्की सडक निर्माणका लागि २ लाख ५० हजार दिइएको छ । त्यस्तै मैजुबहाल खानेपानी योजना सुधारमा ८५ हजार विनियोजन गरिएको छ । ऊँ शान्ति मार्ग सडक निर्माणका लागि २ लाख ५० हजार दिइएको छ भने तैलुङ चौकीडाँडा सडक निर्माण हृयुमपाइप खरिदका लागि १ लाख छुट्याइएको छ । भंगाल बाटो निर्माणका लागि १ लाख र नरकोटी मसानघाट निर्माणका लागि सभासद थापाले डेढ लाख छुट्याएका छन् । त्यस्तै सेतोकान कराँते कभर्ड हल निर्माणमा १ लाख, विन्ध्यवासिनी मन्दिरको भवन प्लाष्टरमा १ लाख र सिद्धेश्वर क्षेत्र खानेपानी उपभोक्ता समितिका लागि १ लाख सभासद थापाले छुट्याएका छन् । घटपाटी निर्माण, ब्लक छाप्ने कार्य र सांस्कृतिक बाजा खरिदमा डेढ डेढ लाख छुट्याइएको छ । गगन थापाले अनलाइन कोर्ष सम्बन्धी पूर्वाधार व्यवस्थापन शीर्षकमा दुईलाख रुपैयाँ छुट्याएका छन् । त्यस्तै महिला नेतृत्व विकास तालिममा १ लाख २ हजार ५ सय छुट्याइएको छ भने सामाजिक न्यायको लागि समाज नामक संस्थालाई सीपमूलक तालिमका लागि ७५ हजार दिइएको छ । सभासद थापाले आमा समूहलाई सीपमूलक तालिमका लागि ७५ हजार र नारी चेतना सशक्तीकरण समूहलाई दुव्र्यसनी सम्बन्धी चेतनामूलक कार्यक्रमका लागि ७५ हजार दिएका छन् ।
साभार : अनलाईन खबर

Post a Comment

 
Top