२०७२ असार २३ गते
 खोटाङ, २३ असार । बाढीमा परी बेपत्ता आमाछोरी अझै फेला परेका छैनन् । गत शनिबार मात्तिम र रतन्छा गाविसका बीचमा स्थानीयवासी नीरकुमार राईको तावा खोला किनारमा रहेको गोठमा राति सुतेका बखत मात्तिम–५ की ४० वर्षीया परीमाया राई र उनकी छोरी समितालाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । उनीहरूको खोजीका लागि नेपाल प्रहरी र स्थानीयवासी सक्रिय रहे पनि हालसम्म फेला पार्न नसकिएकोे प्रअिज गोविन्द सापकोटाले बताउनुभयो । आमाछोरीसँगै तीन गोरु, दुई गाई र दुई मिलसमेत बगाएको थियो । बाढीले खोला किनार आसपासका खेत र पाक्न लागेको साउने धानसमेत पुरेको कृषकले बताएका छन् ।

Post a Comment

 
Top