काठमाडौं, २३ असार । नेपालमा बुधबार लगातार दुई भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान सिन्धुपाल्चोक र दोलखा केन्द्रविन्दु भएर दुई वटा भूकम्पका धक्का महसुस गरिएको हो । पहिलो भूकम्प विहान ९ बजेर ५५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको थियो । भने दोस्रो धक्का विहान १० बजेर १९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हिजो मात्रै नेपालको बाजुरा र बागलुङमा दुई नयाँ भूकम्प गएका थिए ।
साभार : दैनिक नेपाल

Post a Comment

 
Top