२१ असार, काठमाडौं । लोयर्डको कीर्तिमानी ह्याट्रिकको मद्दतमा अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।
गएराति भएको खेलमा जापानलाई ५–२ ले पराजित गर्दै तीन पटक उपाधि जित्ने पहिलो देश बनेको छ ।
अमेरिकालाई उपाधि जिलाउने क्रममा कप्तान
लोयर्डले महिला विश्वकप फुटबलकै इतिहासमा छिटो ह्याट्रिकको कीर्तिमान समेत
बनाएकी छिन् । उनले १३ मिनेटभित्र तीन गोल गरेकी हुन् ।
उनले तेस्रो मिनेटमा गोल गर्दै अमेरिकाको खाता खोलिन् । दुई मिनेटपछि नै दोस्रो गोल गरिन् । खेलको १४ औं मिनेटमा होलिडेले गोल गर्दै
अमेरिकाको अग्रता ३–० मा पुर्याइन् भने १६ औं मिनेटमा लोयर्डले गोल गर्दै
ह्याट्रिक पुरा गरिन् । खेलको २७ औं मिनेटमा जापानकी ओगिमीले गोल गरिन र पहिलो हाफमा अमेरिका ४–१ ले अगाडि रह्यो । दोस्रो हाफको ५२ औं मिनेटमा अमेरिकाकी
जोन्सटनले आत्मघाती गोल गरिन् । तर, दुई मिनेटपछि नै हर्टले गोल गर्दै
अमेरिकालाई ५–२ को अग्रता दिलाइन् । खेलमा थप गोल हुन सकेन र अकेरिका ५–२ गोलको जितका साथ विश्व च्याम्पियन बनेको छ ।
साभार : अनलाईन खबर
Post a Comment