डोटी,असार २५ - डोटीको लडागडा गाबिसका एकजनाले छोरीको हत्या गरेका छन् । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार रक्सी पिएर घर गएका ३८ वर्षका काल्चे भन्ने रबि साउदले ६ महिनाकी छोरी हरिना साउदको हत्या गरेका हुन् ।
घर पुग्ने बित्तिकै उनले श्रीमती र छोराछोरीसँग झगडा गर्दै कुटपीट गर्न थालेका थिए । श्रीमती र छोराले भागेर ज्यान बचाएका प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार श्रीमती र छोरा भागेपछि साउदले भाग्न नसकेकी ६ महिनाकी छोरीलाई घरबाट नजिकै रहेको गेड्डा भन्ने खोलामा लगेर हत्या गरेर गाडेका थिए । 
छोरी मार्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
साभार : उज्यालोअनलाईन

Post a Comment

 
Top