ललितपुर प्रहरी परिसरले गल्ली गल्लीमा समेत २४ सै घण्टा प्रहरी खटाउने भएको छ ।अति संवेदनशिल क्षेत्र, बैंक वित्तिय संस्था,चोरी बढी हुने स्थान लगायतका साथै गल्ली र साँघुरो क्षेत्रमा पनि मोटरसाइकल र साइकलमा गस्ती आजबाट खटाइएको प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए । गस्तीका लागि १६ वटा मोटरसाइकल र १३ वटा साइकलमा ५० भन्दा बढी प्रहरी २५ सै घन्टा खटाइने उनले बताए ।
 
पछिल्लो समय गाडीमा हुइकिदाँ सर्वसाधारणसँग छलफल हुन नसकेको र उनीहरुको गुनासो सुन्न नसकिएको भन्दै यस्तो योजना ल्याएको अधिकारीले बताए । मोटरसाइकल र साइकलमा गस्तीमा रहेका प्रहरीले जनतासँग पनि छलफल गर्ने र उनीहरुका समस्या समाधान गर्न सहज हुने अधिकारीले बताए ।
साभार : सेतो पाटि

Post a Comment

 
Top