४ साउन, रौतहट । रौतहटको गौरमा संविधानको मस्यौदामाथि सुझाव संकलनका क्रममा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको छ । भीड नियन्त्रणका लागि प्रहरीले ६ सेल अश्रुग्यास समेत प्रहार गरेको छ । Rautahat1 प्रदर्शनकारीले माधव नेपाल चढ्ने गरेको बा १३ च १४९१ नम्बरको गाडी तथा अन्य आधा दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेपछि प्रहरीले हवाइ फायर गरिएको हो । गौर नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा आफूहरु पनि पस्न पाउनुपर्ने माग गर्दै स्थानीयबासी प्रदर्शन गरेपछि झडप भएको थियो । स्थानीयवासीको प्रदर्शनमा मधेसवादी दलका कार्यकर्ताहरु मिसिएपछि यसले हुलदंगाको रुप लिएको छ । सभाहलभित्र पसेपछि सदभावना नेता अनिल झाले बाहिर सर्वसाधारणलाई किन रोकेको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि हलमा रहेका पूर्वसभासद् बबन सिंह समेत उत्तेजित बनेपछि तनाव सुरु भयो । प्रहरीले सिंहलाई बल प्रयोग गरी बाहिर निकालेको थियो । यो पनि पढ्नुहोस् गौरमा माधव नेपाल सहभागी कार्यक्रममा झडप

Post a Comment

 
Top