काठमाडौं,
 असार २१– धान दिवसको दिन हिलो खेल्दा विवादमा तानिएपछि हरिप्रसाद 
पराजुलीले कृषि विकास मन्त्रीबाट राजीनामा दिएको ६ दिन भैसक्यो । अहिलेसम्म
 एमालेले अर्को नेतालाई मन्त्री बनाएको छैन । उपप्रधान तथा गृहमन्त्री 
वामदेव गौतमले नै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । 
उहाँको नयाँ जिम्मेवारी कहिलेसम्मलाई हो भन्ने एमालेकै नेताहरुलाई थाहा छैन । एमाले
 स्रोतका अनुसार नयाँ मन्त्रीको विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र 
गौतमबीच विवाद छ । गौतम आफ्नै निकटका नेता एवं अखिल नेपाल किसान महासंघका 
उपमहासचिव बलराम बाँस्कोटालाई मन्त्री बनाउन चाहनुहुन्छ । पराजुलीको राजीनामा लगत्तै बाँस्कोटाको नाम चर्चामा आएको थियो । पराजुली र
 बाँस्कोटा नातामा साढुदाई र साढुभाइ पर्छन् । अनि गौतम, पराजुली र 
बाँस्कोटा तीनैजना किसान महासंघका हर्ताकर्ता पनि हुन् ।
 पराजुलीको राजीनामा लगत्तै बाँस्कोटाको नाम चर्चामा आएको थियो । पराजुली र
 बाँस्कोटा नातामा साढुदाई र साढुभाइ पर्छन् । अनि गौतम, पराजुली र 
बाँस्कोटा तीनैजना किसान महासंघका हर्ताकर्ता पनि हुन् । 
त्यसैले
 महासंघकै नेतृत्वमा रहेकालाई कृषि मन्त्री बनाउने गौतमको योजना हो । यसअघि
 पराजुलीलाई पनि उहाँकै जोडले कृषि मन्त्री बनाइएको थियो । अहिले पराजुलीको
 राजीनामा आएपछि खाली ठाउँमा बाँस्कोटालाई पठाउने गौतमले तयारी गरिरहँदा 
अध्यक्ष ओलीले रोक्नुभएको हो ।
स्रोतका अनुसार ओली आफु निकटका नेताहरु 
दीपक कार्की र गोकुल बाँस्कोटामध्ये एकजनालाई मन्त्री बनाउन चाहनुहुन्छ । 
त्यसमाथि यसअघि गैरसभासदलाई मन्त्री बनाएको भनेर पार्टी नेता 
कार्यकर्ताबाटै आलोचना भएकाले अब चुनाव जितेको नेतालाई मात्र मन्त्री 
बनाउनुपर्छ भन्ने दबाब पनि एमालेभित्रबाट आइरहेको छ ।
अनि संविधान जारी भएपछि वर्तमान सरकार 
यसैपनि बिघटन हुने भएकाले तत्काल नयाँ मन्त्री नपठाउने मनस्थितिमा पनि 
नेतृत्व रहेको एमाले स्रोतले जनायो । पठाउनैपरेमा बैठक बोलाएर मात्र निर्णय
 गर्नुपर्नेमा माधव नेपाल पक्षले जोड दिँदै आएको छ । 
साभार : उज्यालो अनलाईन

 
Post a Comment