काठमाडौं, साउन १ - असोज १ गते सिनेमा हलमा आईपुग्ने भनिएको दिपक दिपाको सिनेमा वडा नम्बर ६ को एउटा गीतसँगै छोटो टेलिभिजन प्रोमो पनि सार्वजनिक गरिएको छ ।

गीत र प्रोमो सार्वजनिक कार्यक्रममा अधिकांश कलाकारले वडा नम्बर ६ लाई हाँस्यव्यंग्य कलाकारले अभिनय गरेको सिरियस तर अर्थपूर्ण सिनेमा भनेका छन् । यो हाँस्य कलाकारले अभिनय गरेको साच्चैको सिनेमा हो । यसअघि दिपक र दिपाको टिमले तयार पारेको सिनेमा ६ एकान ६ जस्तो हाँस्यव्यंग्य मात्रै यो नयाँ सिनेमा वडा नम्बर ६ केन्द्रित छैन । यसको कथा बाकेको छ ।
हाँस्य कलाकारले आफ्नो छवि भन्दा फरक अभिनय गरेका छन् । सार्वजनिक कार्यक्रममा दिपकले भने, ‘घण्टा १० मिनेट हलमा बस्दा दर्शकले बोर फिल गर्नु पर्दैन । हाई आउँदैन । निन्द्रा लाग्दैन ।’
दिपक, दीपा, जितु, प्रियंका, दयाहांग , माग्नेबुढा, धुर्मुस, राजाराम, लगायतका कलाकारले नयाँ सिनेमा वडा नम्बर ६ मा अभिनय गरेका छन् । यो सिनेमाको कार्यकारी निर्माता निर्मल शर्मा हुन् भने प्रियंका र दयाहांग बाहेकका प्रायः सबै मुख्य कलाकारले यो सिनेमामा लगानी गरेका छन् । सिनेमाका निर्देशक उज्वल घिमिरे हुन् । रिलिज गीतमा दिपकराज गिरी र नायिका प्रियंका कार्कीलाई देख्न सकिन्छ । बाहियत लभस्टोरी बोलको गीतमा सुगम पोख्रेल र प्रीति कावरको स्वर रहेको छ ।

Post a Comment

 
Top