अछाम, असार २२ – अछाममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । मंगलसेन नगरपालिका–३ बिसाकोटका ५५ वर्षका कृष्णबहादुर साउदको भिरबाट लडेर ज्यान गएको हो ।

मंगलबार दिउँसो गाउँ नजीकैको गाध्य भिरमा घाँस काट्ने क्रममा साउदको भिरबाट लडेर ज्यान गएको उहाँका आफन्त चक्रबहादुर साउदले बताउनुभयो । साउद भिरबाट झण्डै ५०० मिटर तल खस्नुभएको थियो ।

Post a Comment

 
Top