a man
कुनै मानिसको स्मरण शक्ति यति धेरै नष्ट हुँदोरहेछ की १० वर्षमा बिताएको समयमध्ये केवल ९० मिनेटको मात्र सम्झना बाँकी रहने र अरु सबै भुल्ने ।
हो, हिन्दी फिल्म गजनीको एक पात्रजस्तै वास्तविक जिवनमा सबै कुरा भुल्ने रोगका सिकार भएका एक व्यक्ति बेलायतमा छन् । उनी बिहानै उठ्छन् तर उनको दिमाग पूरै खाली हुन्छ, आफ्नो जिवनमा हिजोसम्म घटेका लगभग कुनैपनि कुरा उनलाई याद हुँदैन । मात्र आफ्नो दाँतको उपचार गराउँदा लागेको ९० मिनेटको घटना मात्र उनको सम्झनामा छ ।
सन् २००५ मा उनले आफ्ना दाँतको उपचार गराएका थिए र उपचारका लागि ९० मिनेट लागेको थियो । त्यसपछि उनको स्मरण शक्ति हराएको थियो । अर्थात् सन् २००५ को मार्च १४ तारेख दिउसो एक बजेर ४० मिनेटदेखि उनको सरीरको आन्तरिक घडी जाम भयो ।
त्यसैले बिहानै उठेर उनले सधै एउटै प्रश्न गर्छन् ? कतै आज मेरो दन्तचिकित्सकसँग अप्वाइन्टमेन्ट त छैन ?
उनलाई न त आफ्ना छोराछोरीहरु हुर्के बढेको कुरा याद छ, न त अरु कुनै कुरा । युनिभर्सिटी अफ लिचेस्टरका मनोविज्ञ डाक्टर गेराल्ड बर्गिजका अनुसार ३८ वर्षका यी मानिस जसलाई सबैले विलियल्म भनेर बोलाउँछन्, शारीरिक रुपमा पूर्ण स्वस्थ छन् । उनलाई आफ्नो नाम तथा परिचय याद छ तर पछिल्लो १० वर्षको समयमा के-के भयो उनलाई केही पनि याद छैन ।
केवल डाक्टरसँग बिताएको ९० मिनेट मात्र उनकेा सम्झनामा छ । उनले आफ्नो बाल्यकाल देखि लिएर आफ्नो दाँतको उपचारका लागि जानु अघिसम्मका सबै कुरा सम्भिmन्छन् तर दाँतको उपचार गरेपछिका १० वर्षका कुरा उनलाई याद छैन ।
डाक्टर बर्गिजका अनुसार डाक्टरले दाँतको रुट क्यानल उपचार गर्दा सायद उनलाई लोकल एनेस्थेटिक औषधि दिएका थिए र सोही औषधिको असरले गर्दा उनको स्मरण शक्ति बिग्रन गयो ।
यो अद्भुत घटना भएको र विश्वमा अहिलेसम्म यस्तो घटना आफुले थाहा नभएको उनी बताउँछन् ।
विलियम बेलायती ससस्त्र बलका सदस्य पनि हुन् । दाँतको उपचार गर्ने दिन बिहान उनले ससस्त्र बलको कार्यालयमै व्यायाम गर्नुका साथै भलिवल पनि खेलेका थिए ।

Post a Comment

 
Top