priyanka-chopra
मुम्बई । अभिनेत्री प्रियंका चोपडा शनिवारवाट ३२ वर्ष पूरा भएर ३३ लागेकी छिन् । उनको जन्म सन १९८२ जुलाई १८ मा भएको थियो ।
प्रियंका एउटा सामान्य परिवारकी युवति हुन् । उनको बुबा आमा दुबै सैनिक पेशामा आबद्ध थिए । उनका बुबा आमा दुबै भारतीय सेनाको जागीरे भएकाले प्रियंकाले सानोमा धेरै शहर घुम्ने अवसर पाईन् । किनकी उनको बुबा र आमाको सरुवा भईरहन्थ्यो ।
उनी सानैदेखी प्रतिभाशाली थिईन् १३ वर्षको उमेरमा अमेरिकामा भएको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएकी थिईन् । सन २००० मा उनी मिस इण्डिया छानिएकी थिईन् । सोही वर्ष मिस वर्ल्डको उपाधी जितेकी प्रियंका मिस वर्ल्ड हुने पाँचौ भारतीय महिला बनिन् ।
मिस वर्ल्ड भए लगत्तै उनलाई थुप्रै फिल्मवाट प्रस्ताव आएको थियो । उनले सन्नी देओल र प्रिती जिन्टा अभिनित ‘द हिरो लभ स्टोरी अफ अ स्पाई’ बाट बलिउड प्रवेश गरेकी थिईन् । तर, उनलाई स्थापित गराउने काम भने ‘अन्दाज’ ले गर्‍यो । सोही फिल्मवाट उनले फिमेल बेष्ट डेब्यु फिल्म फेयर अवार्ड पनि पाईन् ।
अन्दाज पछि ऐतराज, मुझसे शादी करोगी, कृष, डन, बर्फी लगायत दर्जनौ फिल्ममा अभिनय गरेकी छिन् उनले । अहिलेसम्म चार पटक फिल्म फेयर अवार्ड पाएकी प्रियंकाले एक पटक नेशनल अवार्ड पनि पाएकी छिन् । गत वर्ष उनले अन्तराष्ट्रिय म्युजिक एल्बम ‘ईन माई सिटी’ सार्वजनिक गरेकी थिईन् ।

Post a Comment

 
Top