Nepal-Vs-Ireland
२८ असार, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा आयरल्याण्डविरुद्धको खेलमा नेपाल ५३ रनमै अलआउट भएको छ ।
यो नेपालको सबैभन्दा खराब तथा टी-२० अन्तराष्ट्रियकै इतिहासकै सबैभन्दा दोस्रो न्यून स्कोर हो । न्यून स्कोरको रेकर्ड भने नेदरल्याण्डको नाममा छ । उसले विश्वकपमा श्रीलंकाविरुद्ध ३९ रन बनाएको थियो ।
यसअघि टी-२० अन्तराष्ट्रियमा नेपालको सबैभन्दा कम स्कोर नेदरल्याण्डविरुद्ध ६९ रन थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १४.३ ओभरमा ५३ रन जोड्दा अल आउट भयो ।
नेपालका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । ओपनर सागर पुनले २० तथा कप्तान पारस खड्काले १० रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
शरद भेसवाकर, राजेश पुलामी मगरले समान ६-६ रन जोडे भने अनिल मण्डल, ज्ञानेन्द्र मल्ल र बसन्त रेग्मी २-२ रनमै आउट भए । प्रदिप ऐरी, विनोद भण्डारी र शक्ति गौचनले खाता नै खोल्न सकेनन् । सोमपाल कामी शून्य रनमै अविजित रहे ।
आयरल्याण्डका केभिन ओ’ब्राइन र स्टुआर्ड थम्पसानले ३-३ विकेट लिए भने जोन मुनीले २ विकेट लिए ।

Post a Comment

 
Top