काठमाडौं, असार २८ - संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले साउनभित्र संविधान ल्याउन नसके ०६९ जेठ २ को नियति दोहोरिने बताएका छन् ।
नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले सोमबार काठमाडौंमा गरेको अन्तर्क्रियामा नेम्वाङले साउन ३० भित्र नयाँ संविधान ल्याउन सकिने दाबी गरे । ‘संविधान निर्माणको आधार तयार भइसकेको छ,’ उनले भने, ‘अहिलेको उपलब्धिलाई रक्षा गर्न सकिएन भने जेठ २ गते (०६९) को नियति भोग्नुपर्छ ।’
subash जेठ २ गते ०६९ मा प्रमुख विवादित विषयमा सहमति भए पनि मूख्य दल पछि हटेका कारण पहिलो संविधानसभा विघटन भएको थियो ।
नेम्वाङले साउनभित्र संविधान जारी गर्न नसके भएका उपलब्धी पनि खोसिने खतरा रहेको बताए ।
संविधान सहमतिको दस्तावेज भएको उल्लेख गर्दै उनले सबै विषय अहिले नै समेटिनुपर्छ भनेर अड्डि कस्न नहुने बताए । ‘अहिले नसमेटिएका विषयलाई फेरि पनि संशोधन र परिमार्जन गर्दै जान सकिन्छ,’ उनले भने, ‘मुख्य कुरा त्यसलाई संशोधन गर्ने ठाउँ छ कि छैन भन्ने चाँही हेर्नुपर्छ ।’
नेम्वाङ संविधानसभा बहिष्कार र प्रक्रियामा असहमत दललाई पनि संविधान निर्माण प्रक्रियामा सामेल हुन अपील गरे ।
 

Post a Comment

 
Top