घनश्याम पौडेल
३१ असार, अर्घाखाँची
अर्घाखाँची जिल्ला असुरकोट गाविसमा विगतका दिनहरुमा स्वास्थ्य संस्थामा उपचार र परामर्शका लागि असुरकोटवासीहरु जान संकोच मान्दथे एउटा कोठा वाट नै सवै प्रकारका सेवा प्रदान गर्दा अधिकाँश किशोर किशोरी तथा गर्भवती महिला लगायत परिवार नियोजन सम्वन्धि सेवा लिन गएका मानिसहरु दिन भरी कार्यालयमा अन्य व्याक्तिको अनुपस्थितीमा सेवा लिनको लागि पर्खाइमा वस्नु पर्ने अवस्था थियो । सम्वन्धित सेवाग्रही सेवा लिन पर्खाइमा पालो वस्दा वस्दा घोषित  कार्यालय समय सकिदा निराश मनस्थिती लिई घर तर्फ सेवाग्राहीहरु फर्कन वाध्य हुने गर्दथे भने स्वास्थ्य संस्थामा सेवा लिन पर्खाइमा रहदा उक्त भवनको जिर्ण अवस्थाले गर्दा आम सेवाग्राही थप मानसिक डर र त्रासमा रहने गरेका थिए।
आम असुरकोटवासी जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने निकाय विगतमा असुरकोट गाविस वार्ड नं.२ मा आफै नै जर्जर र दयनिय अवस्थामा रहको थियो। जुन आम असुरकोटवासी जनताहरुको पहुंचमा थिएन। यहाँका वासिन्दाहरुको एकता र सहभागितामा असुरकोट गाविस वार्ड नं. ५ मा ३ रोपनी जग्गा खरिद गरी आम असुरकोटवासीहरुको प्राथमिकीकरणको आधारमा २०७१।०७२ को गाविस परिषद्द्धारा उपस्वास्थ्य चौकीको भवन निर्माण गर्ने उद्येश्यले रु १,५५,०००।— विनियोजन गरिएको थियो। गाविसको प्रयासलाई सार्थक तुल्याउन जिल्ला विकास समिति अर्घाखाँचीद्धारा प्रथम पटक उक्त कार्यका लागि रु ५,००,०००।—विनियोजन गरिएको थियो। यो योजनालाई प्रभावकारी रुपमा व्यावस्थित र पारदर्शी तरिकाले सम्पन्न गर्नको लागि कविराज शर्माको अध्यक्षतामा ६ जना पुरुष तथा ३ जना महिला गरी जम्मा ९ जनाको उपभोक्ता समिति निर्माण गरिएको थियो।
उपभोक्त समिति निर्माण सँगै यो योजना सम्पन्न गर्नको लागि वार्ड न. १ देखी ९ सम्मका आम असुरकोटवासी नागरिकहरुले करिव २ लाख वरावरको जनश्रमदान गर्दै भवनको लागि आवस्यक ढु∙ा संकलन गर्ने कार्य  गरेका थिए। आम जनमानसद्धारा यो भवन निर्माणका लागि समयमा नै आ—आफ्नो कर्तव्य र दायित्व पुरा गरेकाले यो भवन निर्माणका लागि गठित उपभोक्ता समितिले निर्धारित समय भन्दा नै अगाडि इष्टिेमेट अनुसार ३ कोठे भवनको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न गरेको कारण जिल्ला विकास समिति अर्घाखाँचीद्धारा थप रु.५,००,००० लाख पुरस्कार स्वरुप प्रदान गरिएको थियो। प्राय योजना हरु समयमा सम्पन्न गर्न नसक्नु आर्थिक वर्षको अन्त्यमा मात्र कार्य शुरु गर्नु तथा स्थानिय तहमा योजना प्रती अपनत्व जगाउन नसकि जनश्रमदानको अभावमा योजनाहरु अलपत्र पर्ने अवस्थामा रहने प्रवृतीको अन्त्य गर्दै उपस्वास्थ्य चौकीको भवन निर्माणका लागि गठित उपभोक्ता समितिले योजनालाई प्रभावकारी तथा पारदर्शी तरिकाले समयमा नै सम्पन्न गर्नु एक आफैमा उदाहरणिय कार्य भएको छ। यस योजनाको सम्पन्नताले करिव ४५० घरधुरी जसमा १०५ घरधुरी दलित, १९० घरधुरी जनजाती तथा १५५ घरधुरी व्राह्मण क्षेत्रीका गरी करिव जम्मा २२६३ जना व्याक्तिहरु प्रत्यक्ष रुपमा स्वास्थ्य सेवावाट लाभान्वित हुने देखिन्छ।
 यो भवनको निर्माण सँगै उपस्वास्थ्य चौकी वाट प्रदान गरिने सेवा यसै भवनद्धारा प्रदान गर्न शुरु गर्न थालिए पश्चात उक्त भवन निर्माण कार्यका लागि गठित उपभोक्ता समितिका अध्यक्षका विचारमा पूरानो र जिर्ण भवनमा सेवा लिन जादा आम नागरिकमा परेको मानसिक त्राश हटी निर्धक्कका साथ सेवा लिन र दिन दुवै निकायलाई सहज वातावरण भएको छ साथै किशोर किशोरी तथा गर्भवती महिला लगायत परिवार नियोजन सम्वन्धि सेवा लिन आएका आम सेवाग्राहीमा पालो पर्खनु पर्दा पनि कुनै मानसिक त्राश नभएको साथै सेवाको प्रकृती अनुसार अलग अलग कोठामा सेवा दिन शुरु गरिएको वताए। यसरी तोकिएकै समयमा निर्धारित मापदण्ड मै यो कार्य सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण उपभोक्ता समितिको समुह लगायत आम असुरकोटवासी नागरिक प्रती अध्यक्ष शर्मा कृतज्ञ भएको तथा भवन निर्माणको लागि आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने निकाय जिविस अर्घाखाँची र गाविस परिवारलाई हार्दिक धन्यवाद दिएको वताए। यसै गरी भवन निर्माणको लागि गठित उपभोक्त समितिका सचिव भवानी वहादुर घर्तीले यो योजनामा सम्पूर्ण सेवाग्राहीहरुले आफ्नै योजना सम्झी कार्य गरेकोले समयमा नै गुणस्तरयुक्त निर्माण भएको साथै योजनाको समाप्ती सँगै आम सेवाग्राहीमा खुसियाली छाएको धारणा व्याक्त गरेका थिए ।
संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय, स्थानिय शाशन तथा उत्तरदायी संयन्त्रको सचिवालय ललितपुरको सहयोगमा लुम्विनि सामाजिक विकास केन्द्रद्धारा सहजीकरण गरिएको “स्थानिय निकायको नीतिगत पालना व्यावस्था अनुगमन” अन्र्तगत असुरकोट गाविसमा गरिएको भौतिक पूर्वाधार अन्र्तगतका योजनाको अनुगमन सहजीकरणमा गाविसमा उल्लेखनिय कार्य भएको कार्यक्रमका कार्यक्रम संयोजक सुरज शारुले वताए। गाविसमा यो वर्षको वजेट विनियोजन दिर्घकालिन रुपमा आम सेवाग्राहीहरुले प्रत्यक्ष रुपमा लाभ प्राप्त हुने गरी भएको तथा यो योजना प्रभावकारी तथा पारदर्शी तरिकाले कार्यान्वयन भएको तथा उपभोक्ता समितिको सक्रियतामा मिति २०७२।०३।१४ गते आम लाभग्राहीको उपस्थितीमा उक्त योजनाको सार्वजनिक  परिक्षण समेत सम्पन्न भएको असुरकोट गाविसका गाविस सचिव मदन वेल्वासेले वताए ।





Post a Comment

 
Top