कास्की, असार ३१ – पोखरा १७ छोरेपाटनमा रहेको एक्स आर्मी पब्लिक स्कूल पहिरोले पुरिँदा १ विद्यार्थीको ज्यान गएको छ । ३ शिक्षक सहित १० जना घाइते भएका छन् ।
पहिरोमा पुरिएर घाइते भएका पोखरा १७ डेबिडफल्स बस्ने कक्षा ९ मा पढ्ने १४ वर्षका सन्जय गायकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।
विद्यालयको कक्षाकोठाको छानामाथि पहिरो खसेको थियो । पहिरोका कारण ३ शिक्षक र ७ विद्यार्थी घाइते भएका छन् । घाइतेको मेट्रोसिटी र गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । 

Post a Comment

 
Top