नवलपरासी, असार ३१ – नवलपरासी जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । बिहीबार एक समारोहकाबीच शिक्षा मन्त्री चित्रलेखा यादवले साक्षर जिल्ला घोषणा गर्नुभएको हो । 

युनेस्कोले तोकेको मापदण्ड अनुसार ९८ प्रतिशत जिल्लावासी साक्षर भएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कुमालले बताउनुभयो । ७ लाख १० हजार ३७ कुल जनसंख्या रहेको नवलपरासीमा १५ देखि ६० वर्ष उमेर समुहका कुल ४ लाख ३० हजार ८ सय ४ जनसंख्या रहेको छ ।
जसमध्ये जिल्लामा ४ लाख २० हजार ५ सय जनसंख्या साक्षर भैसकेको प्रतिवेदनले देखाएको अनौपचारिक शाखाका प्रमुख सहायक जिल्ला शिक्षा अधिकारी तोयनाथ लम्सालले जानकार दिनुभयो  । 
जिल्लामा ९२ प्रतिशत साक्षर भैसकेको साक्षरता अभियानको सबै आयाम समेटेर बनाइएको प्रतिवेदन पढेर शिक्षा मन्त्री यादवले साक्षर जिल्ला घोषणा गर्नु भएको हो  ।

साक्षर जिल्ला बनाउन सफल भएकोमा अनौपचारिक शिक्षा विभागले जिल्ला शिक्षा कार्यालय नवलपरासीलाई पाँचलाख नगद पुरस्कार दिएको छ  । ६ नगरपालिका र ५९ गाविसमा जिल्ला शिक्षा कार्यालयले तीन वर्षदेखि साक्षरता अभियान चलाउँदै आएको थियो ।

Post a Comment

 
Top