मलेसिया, असार ३१ – भूकम्प पीडीतका लागि मलेसियाबाट ४ करोड ३६ लाख रुपैयाँ सहयोग रकम पठाइएको छ । भूकम्पपछि नेपाली दूतावासले यहाँको स्थानीय मे बैंकमा खाता खोलेर आर्थिक सहयोगका लागि अपिल गरेको थियो ।

कोषमा मलेसियामा कार्यरत नेपाली, स्थानीय नागरिक तथा विभिन्न संघसंस्थाले रकम जम्मा गरेका थिए । संकलित रकम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा पठाइएको बिहीबार दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Post a Comment

 
Top