२९ आसार, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनितिक आग्रह भन्दा पनि मुलुकको आवश्यकता अनुसार प्रदेशको निर्माण गरिने बताएका छन । विज्ञसहितको संघीय आयोग गठन गरी उसले दिएको प्रतिवेदनको आधारमा प्रदेशको निर्माण गरिने ओलीले बताए ।  झापावाट राजधानी फकर्ने क्रममा मंगलबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गदै ओलीले भने-‘विभिन्न प्रदेशिक मुलुकको अध्यायन, निर्माण हुने प्रदेशको शक्ति र सामाथ्र्य हेरेर मात्र प्रदेशको टुङो लगाइने छ । कुनै व्यक्ति तथा दलको आग्रहमा प्रदेशको निर्माण हुने छैन ।’ सभामुख र राष्ट्रिपतिले दिएको सुझाव अनुसार संविधान अगावै प्रदेशको नामकरण टुगाउन नसकिने ओलीको भनाइ छ । अहिले विभिन्न बाहानामा संविधान जारी हुन नदिन चलखेल वढेको भन्दै ओलीले मुलुकमा अस्थिरता चाहने, संक्रमण लम्याउन खोज्नेको सक्रियता बढेको बताए ।

Post a Comment

 
Top