राजविराज, असार २९ - सुनसरीको प्रकाशपुर–५ स्थित कोसी नदीमा डुंगा डुब्दा १६ जना बेपत्ता भएका छन् । खोजीका लागि कोशी वन्यजन्तु आरक्ष सुरक्षार्थ खटिएका नेपाली सेना, आरक्षका कर्मचारी र प्रहरी जुटेका छन् । उनीहरु केही बेर अघि डुंगा पल्टिएको हो ।
डुंगा नदी पारी श्रीलंका टापु नाम गरेको गाउँ जादै गरेका थियो । डुंगामा सवारमध्ये ५ जना महिला रहेको प्रारम्भिक जानकारी प्राप्त भएको आरक्षका वार्डेन अमरनाथ बरालले बताउ । 

Post a Comment

 
Top