रौतहट, साउन २ – जग्गाको विषयमा भएको विवादले झडपको रुप लिँदा रौतहटमा एक जनाको ज्यान गएको छ । शुक्रबार राति रौतहटको लक्ष्मीपुर दोस्तिया–५  सुखल मन्सुरी र मोक्तार मन्सुरीबीच झडप हुँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
झडपमा मोक्तारको कुटाईबाट सुखलको ज्यान गएको इलाका प्रहरी कार्यालय गडुराका प्रहरी निरीक्षक सन्तुलाल जैसवालले जानकारी दिनुभयो । सुखलले मोक्तारको जग्गाको सीमानामा शौचालय बनाएको विषयमा भएको विवादले झडपको रुप लिएको हो ।
मोक्तारको कुटाइबाट गम्भीर घाइते भएका सुखलको उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले मोक्तारकी श्रीमती सजना नेसा तथा छोराहरु जमाल र कमाललाई पक्राउ गरेको छ । मोक्तार भने फरार रहेको र खोजी भैरहेको प्रहरी निरीक्षक जैसवालले बताउनुभयो ।
सुखलको शव पोष्टमार्टमका लागि चन्द्रहनिगाहपुर अस्पतालमा राखिएको र घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top