दार्चुला, साउन ४ – संविधानको मस्यौदामाथि सुझाव दिने कार्यक्रममा हिन्दु राष्ट्रको माग गर्दै सहभागी हुन खोज्ने १० जनालाई प्रहरीले पक्रेको छ । राप्रपा नेपालका जिल्ला अध्यक्ष वीरसिंह बडाल, अखण्ड नेपालका केन्द्रीय सदस्य रघुवीरसिंह ठगुन्ना र राष्ट्रिय शिवसेना पार्टीका जिल्ला अध्यक्ष रामसिंह कार्कीलगायत १० जनालाई प्रहरीले पक्रेको हो ।
सुझाव संकलन कार्यक्रममा हुनसक्ने नाराबाजी र विरोधलाई मध्यनजर गर्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार्यक्रमस्थल सदरमुकाम खलंगाको खुलामञ्च नजिकैबाट नियन्त्रणमा लिइएकाहरुलाई सुझाव संकलन कार्यक्रम सकिएपछि छाड्ने प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top