काठमाडौं, असार ३१ – गणेशमानसिंह सामुदायिक वन पुरस्कार कपिलवस्तु महेन्द्रकोटको वसन्तपुर सामुदायिक वन, जामुने ६ तनहुँको सिद्धबतासन सामुदायिक वन र मधुमल्ला गाविस मोरङको मवानुसरी सामुदायिक वनलाई प्रदान गरिएको छ ।
ललितपुरको गोदावरीमा भएको कार्यक्रममा वनमन्त्री महेश अाचार्यले सामुदायिक वनलाई पुरस्कार प्रदान गर्नुभएको हो । बसन्तपुर सामुदायिक वनलाई १ लाख, सिद्धबतासन सामुदायिक वनलाई ७५ हजार र मवानुसरी वनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको हो ।
यस्तै, नीजी वन व्यवसायीलाई प्रोत्साहन गर्ने उदेश्यले यसवर्षदेखि वन विभागले प्रदान गर्न थालेको नीजि वन पुरस्कार भने विराट उडल्याण्ड मोरङका रेवतबहादुर कार्की, ललितपुरका दलबहादुर तिमिल्सिना र झापा बुधबारेका उद्धव सिवाकोटीलाई प्रदान गरिएको छ ।

कार्कीलाई ५० हजार, तिमिल्सिनालाई ४० हजार तथा सिवाकोटीलाई ३० हजार रुपैयाँको नगद पुरस्कार दिइएको हो । यस्तै सर्लाही वरन्वाका रामचन्द्र शाहलाई १० हजार रुपैयाँको सान्त्वना पुरस्कार दिइएको वन विभागका प्रचारप्रसार विभाग प्रमुख फणिन्द्र पोखरेलले जानकारी दिनुभयो । 

Post a Comment

 
Top