ललितपुर, असार ३० –  ललितपुरको विभिन्न ठाउँमा लगाइएका गाँजा प्रहरी र स्थानीय संघसंस्थाको सहकार्यमा फाँडिएकोे  । ललितपुरको सानेपा, धोवीघाट, झम्सिखेल लगायत ठाउँका झण्डै ४ रोपनी जग्गामा  लगाइएको गाँजा फाँडिएको समाज विकास केन्द्र सानेपाका संयोजक पुष्कल गजुरेलले बताउनुभयो ।
उहाँका अनुसार प्रहरी, समाज विकास केन्द्र र नेप्से म्याकको संयुक्त प्रयासमा गाँजा फँडानी गरिएको हो । समाज विकास केन्द्रले स्थानिय समूदायसँग सहकार्य गरेर प्रहरीको सहयोगमा कुलत विरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Post a Comment

 
Top