पर्वत, असार ३० – पर्वतको नाङलिबाङमा पहिरोमा घर पुरिँदा फसेका दुई जनाको जिवितै उद्धार गरिएको छ । मंगलबार राति पहिरो जाँदा घरभित्रै पुरिएका नाङलिबाङ–४ की ६० वर्षकी बेलमति परियार र उहाँका ८ वर्षका नाति अनिषको जिवितै उद्धार गरिएको हो ।
पहिरोले घर भत्किएर पुरिएका बेलमति र अनिषलाई गाउँलेले जिवितै उद्धार गरेका हुन् । पहिरोमा पुरिएर घाइते भएका दुवैको अहिले जिल्ला अस्पताल पर्वतमा उपचार भैरहेको छ । पहिरोबाट मानविय क्षति नभएको र घटनास्थलमा प्रहरीको टोली पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

Post a Comment

 
Top